विराटनगरः विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवा र नुवाकोटका बाढीपीडितहरूको सहयोगका लागि २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि अस्पतालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ ।





