दुलारीः जागृत युवा समाजको सभाकक्षमा समाजका अध्यक्ष सुमित्रा विश्वकर्माको अध्यक्षता र सुन्दरहरैंचा नगरपालिका वडा नं –६ का प्रतिनिधि शिवराज चौधरीको प्रमुख आतिथ्यतामा जागृत युवा समाजको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आवासका लागि सहयोग समूह (लुमन्ती) सुन्दरहरैंचाकी फिल्ड संयोजक लक्ष्मी राई र समावेशी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राईको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट गत आर्थिक वर्ष २०८२\०८३ को आय–व्यय विवरण र चालु आर्थिक वर्ष ०८३\०८४ को कार्ययोजना अनुमोदन गरिएको बताइएको छ ।





