Tuesday, August 25, 2026
Homeशिक्षा र स्वास्थ्ययमबुद्ध फाउण्डेसनद्वारा सुकुना क्याम्पसमा १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

यमबुद्ध फाउण्डेसनद्वारा सुकुना क्याम्पसमा १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

विराटचोकः यमबुद्ध फाउण्डेसनले स्वर्गीय गायक अनिल अधिकारी (यमबुद्ध) को स्मृतिमा सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा मोरङमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

फाउण्डेसनले ‘यमबुद्ध छात्रवृत्ति अक्षयकोष, सुकुना बहुमुखी क्याम्पस’ का लागि १० लाख प्रदान गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले बिहीबार आयोजित एक समारोहबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई बैंक चेक हस्तान्तरण गर्नुभएको हो ।
२०८२ साल माघ १ गते सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमका संयोजक योगेश दाहाल, सहसंयोजक रोहन खत्री (डियर काले) तथा सदस्यहरू सुयोग भण्डारी, ओमकुमार विश्वकर्मा, डेनिस श्रेष्ठ, निकेश आचार्यलगायत रहेका थिए ।

यमबुद्ध ट्रिब्युट कार्यक्रमका सहसंयोजक रोहन खत्रीले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आवश्यक संयोजन गरेका थिए । फाउण्डेसन तथा कार्यक्रम आयोजक समितिका अनुसार अक्षयकोषलाई आगामी दिनमा क्रमशः वृद्धि गर्दै लैजाने नीति रहेको छ । कोषबाट प्राप्त हुने रकमले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि यमबुद्ध फाउण्डेसन र ट्रिब्युट कार्यक्रम आयोजक समितिप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments