Sunday, August 23, 2026
Homeअर्थसाउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत हुँदा ३ अर्ब ७७ करोड रुपैयाँको...

साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत हुँदा ३ अर्ब ७७ करोड रुपैयाँको लगानी प्रतिबद्धता

विराटचोकः चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

स्वीकृत परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्रमा छन् । आईसीटीतर्फ १२८ वटा परियोजना स्वीकृत भएका छन् । जसमा ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन् । यस क्षेत्रमा १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सेवा क्षेत्रमा १९ वटा परियोजनाका लागि ६८ करोड २० लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना स्वीकृत हुँदा ८४ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

ऊर्जा र कृषि तथा वनमा आधारित क्षेत्रमा भने एक–एक वटा परियोजना स्वीकृत भएका छन् । दुवै क्षेत्रमा २–२ करोड रुपैयाँ लगानी प्रतिबद्धता रहेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments