इटहरीः नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिकाप्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि भएको सहमतिअनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको हो ।
सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले र त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व सम्हाल्ने हुनुभएको हो ।
अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएको छ ।
समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योति पोखरेल र कोषाध्यक्षमा नशिम अन्सारी चयन हुनुभएको छ ।
सदस्यहरूमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारिका राई, सुविक्षा राई, सञ्जीव तिम्सिना, सरोज श्रेष्ठ र भीम चौधरी चयन हुुनुभएको छ ।





