Saturday, August 22, 2026
Homeअर्थसुनचाँदीइटहरीको गजुरमुखी ज्वेलर्सको १० औँ वार्षिकोत्सवमा ‘मालामाल अफर’ सार्वजनिक

इटहरीको गजुरमुखी ज्वेलर्सको १० औँ वार्षिकोत्सवमा ‘मालामाल अफर’ सार्वजनिक

इटहरीः इटहरी–६, धरान लाइनमा रहेको गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ ।

ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा शतप्रतिशत छुट प्रदान गरिने भएको छ । त्यस्तै, वार्षिकोत्सवको दिनदेखि रु. २५ हजारभन्दा माथिको खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत् ५० ग्राम चाँदीको सिक्का जित्ने अवसर समेत पाउने भएका छन् ।

ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा उक्त अफर ल्याइएको सञ्चालक श्रेष्ठले बताउनुभयो । लामो समयदेखि ग्राहकको विश्वास र साथ पाउँदै आएको ज्वेलर्सले वार्षिकोत्सवलाई ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिएको उहाँको भनाइ थियो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पराजुलीले ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सकारात्मक रहेको बताउनुभयो ।

पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष राजकुमार गजमेर, उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारी, सुनचाँदी व्यवसायी तथा अन्य अतिथिहरूको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments