विराटचोकः आर्थिक वर्ष २०८२\८३ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
सो विवरणअनुसार यस वर्ष जीवन बीमकहरूको समग्र व्यवसाय दोहोरो अङ्कले उकालो लाग्दा कुल बीमाशुल्क आर्जनमा १२ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । १४ वटा जीवन बीमा कम्पनीहरूले समग्रमा २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यस्तो बीमाशुल्क १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ मात्रै थियो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ खर्ब ३६ अर्ब ८८ करोड रुपैयाँको कुल बीमाशुल्क सङ्कलन गरेको छ ।
प्रथम बीमाशुल्क अघिल्लो आर्थिक वर्ष ४ अर्ब १ करोड ७६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
नवीकरण बीमाशुल्क अघिल्लो आर्थिक वर्ष १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १५ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
सक्रिय बीमालेख अघिल्लो आर्थिक वर्षमा १ करोड १५ लाख २७ हजार ९ सय ९४ वटा रहेकोमा गत आर्थिक वर्षमा १ करोड १८ लाख ५० हजार ३ सय ९१ पुगेको छ ।





