Wednesday, August 19, 2026
Homeसमाचारआज राष्ट्रिय सूचना दिवस

आज राष्ट्रिय सूचना दिवस

विराटचोकः आज नेपालमा राष्ट्रिय सूचना दिवस मनाइँदैछ । वि.सं. २०६४ भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ ।

नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसले नागरिकलाई सार्वजनिक सरोकार तथा सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय सूचना आयोगको नेतृत्वमा हरेक वर्ष राष्ट्रिय सूचना दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया र गोष्ठी आयोजना गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments