Tuesday, August 18, 2026
Homeशिक्षा र स्वास्थ्यनेल्टा कोशी प्रदेशको अध्यक्षमा रवीन्द्र बराल सर्वसम्मत

नेल्टा कोशी प्रदेशको अध्यक्षमा रवीन्द्र बराल सर्वसम्मत

दुलारीः नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) कोशी प्रदेशको अध्यक्षमा रवीन्द्र बराल (रविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मोरङको सुन्दरहरैँचास्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेतृत्व सम्मेलनका क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । बराल यसअघि नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको छ

सदस्यहरूमा मुना बजगाईँ, सन्तबहादुर तामाङ, पुरुषोत्तम सापकोटा, ईश्वरकुमार लम्साल, गोविन्द खनाल, साजन चौधरी, इन्द्रबहादुर चौहान, प्रकाश पराजुली, तीर्थमान राई, हरिचन्द्र लावती, हरिप्रसाद पौडेल, जीवन भट्टराई, गोपाल बस्नेत र खगेश्वर घिमिरे चयन हुुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments