Monday, August 17, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचामा प्याब्सनको आयोजनामा भएको नगरस्तरीय स्पेलिङ कन्टेस्टमा ब्राइट फ्युचर पहिलो

सुन्दरहरैंचामा प्याब्सनको आयोजनामा भएको नगरस्तरीय स्पेलिङ कन्टेस्टमा ब्राइट फ्युचर पहिलो

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिको आयोजनामा भएको स्पेलिङ कन्टेस्ट प्रतियोगितामा ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । प्रभात किरण इङ्लिस स्कुल दोस्रो, बालसदन एकेडेमी तेस्रो र स्कलर्स होम स्कुल चौथो भएका छन् ।

ती चार स्कुलका साथै बालप्रतिभा स्कुल, ज्ञानज्योति इङ्लिस सेकेण्डरी, लिटल पाथीभरा र सुविजिमुर स्कुलका विद्यार्थी आगामी जिल्लास्तरीय कार्यक्रममा भाग लिन छनोट हुन सफल भएका छन् ।

प्याब्सन सुन्दरहरैंचा नगर समितिका अध्यक्ष दीपक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी प्रमुख अतिथि, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत विशिष्ट अतिथि तथा कार्यपालिका सदस्य रुक्मिणा घिमिरे, प्याब्सन जिल्ला सचिव देवी सिटौलालगायत अतिथि रहनुभएको थियो ।

कार्यक्रममा स्पेलिङ मास्टरका रूपमा चेतनाथ निरौला र कार्यक्रम संयोजकका रूपमा तेजराज पौडेलले भूमिका निर्वाह गर्नुभएको थियो ।

विद्यार्थीलाई शुद्ध रूपमा अंग्रेजी शब्द उच्चारण गर्न तथा लेख्न सक्ने बनाउन सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा गराउँदा उनीहरूको ज्ञान, सीप र आत्मविश्वास विकास हुने भएकाले यस्ता विभिन्न प्रकारका कार्यक्रमलाई निरन्तरता दिइएको प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

प्याब्सन मोरङले वैशाखदेखि नै जिल्लास्तरमा विभिन्न कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको मोरङ अध्यक्ष जगतबहादुर बस्नेतले बताउनुभयो । विभिन्न विधाका प्रतियोगितालाई तालिका बनाएर सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख अतिथि नगर उपप्रमुख चौधरीले यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको क्षमताको प्रस्फुटन गर्न सहयोग पुग्ने बताउनुभयो ।

जेसीज भवनमा कक्षा ५ सम्मका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा २६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments