Monday, August 17, 2026
Homeअर्थभदौका लागि पनि घटाए वाणिज्य बैंकहरूले ब्याजदर

भदौका लागि पनि घटाए वाणिज्य बैंकहरूले ब्याजदर

विराटचोकः वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटेको छ ।

भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१६७५ प्रतिशत बिन्दुबाट ०.०३१५ प्रतिशत बिन्दु घटेर ४.१३६ प्रतिशत बिन्दुमा झरेको छ । संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतबिन्दुमा झरेको छ ।

भदौ महिनाका लागि ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशत बिन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ ।

नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशत बिन्दु र संस्थागतमा ०.५ प्रतिशत बिन्दु घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ ।

सिटिजन्स बैंकले व्यक्तिगत दर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन् ।

बाँकी बैंकले साउन महिनाकै ब्याजदरलार्य निरन्तरता दिएका छन् । नबिल बैंक र प्रभु बैंकले सर्वाधिक ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर सार्वजनिक गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments