Tuesday, December 24, 2024
Homeपर्यटनसगरमाथाको आधार शिविर पुग्ने सबैभन्दा कान्छा बालक बने २ वर्षका कार्टर

सगरमाथाको आधार शिविर पुग्ने सबैभन्दा कान्छा बालक बने २ वर्षका कार्टर

विराटचोकः स्कटल्याण्डका २ वर्षीय कार्टर डलास सगरमाथाको आधार शिविरमा पुग्ने सबैभन्दा कान्छा बालक बनेका छन् । मिरर युकेको रिपोर्टका अनुसार यसअघि यो कीर्तिमान चेक रिपब्लिकका ४ वर्षीय बालकले बनाएका थिए ।

स्कटल्याण्डबाट आएका रस र जेड आफ्नो छोरा कार्टरसँग एसियाको एक वर्ष लामो यात्रामा रहेका छन् । आफ्नो घर भाडामा दिएर आएका उनीहरु अक्टोबर २५ मा समुद्री सतहभन्दा १७ हजार ५९८ फिटको उचाइमा रहेको दक्षिणी विन्दुबाट सगरमाथाको आधार शिविर पुगेका थिए ।

उनीहरुले अक्टोबर २०२३ मा आरोहण गर्ने योजना बनाएका थिए । कार्टर आफ्ना आमा बुवा भन्दा बढी उत्साहित देखिएको रसले बताए । जेड र रसलाई उचाइमा सास फेर्न अलिकति समस्या भए पनि कार्टरलाई समस्या भएन । उनीहरूको लागि बेस क्याम्प अघिको गाउँमा दुई जना डाक्टर तैनाथ गरिएको थियो । चिकित्सकहरूले उनीहरूको रगत परीक्षण गरेका थिए जसमा कार्टर उनीहरूभन्दा स्वस्थ थिए ।

रसका अनुसार उनीहरूले ट्रेकिङका लागि एक फुड ज्याकेट र दुईवटा स्लीपिङ झोला किनेका थिए । काठमाडौं आइपुगेको २४ ण्न्टाभित्रै उनीहरूले आरोहण सुरु गरेका थिए । एभरेष्ट बेस क्याम्प पुग्न उनीहरूले पहिल्यै तयारी गरेका थिए । गहिरो सास लिने प्रविधिको नियमित अभ्यास गरिरहेका थिए । यसैगरी, उनीहरूले घरमा हिउँको पानीले नुहाउने गरेका थिए । बेस क्याम्पमा कुनै समस्या नहोस् भनेर कार्टरलाई पनि हिउँ पानीले नुहाइदिएका थिए ।

स्कटल्याण्डबाट निस्केपछि, रस, जेड र कार्टर पहिले भारत पुगेका थिए । त्यसपछि श्रीलंका र माल्दिभ्स गएर त्यहीँबाट उनीहरू फेरि भारत हुँदै नेपाल आएका थिए । आरोहणपछि परिवारै मलेसिया गएका थिए । त्यसपछि उनीहरू एक विवाहमा भाग लिएर कार्टरको जन्मदिन मनाउन सिंगापुर गएका थिए ।– मेरो लगानी डट कमबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments