Tuesday, December 24, 2024
Homeअर्थबर्नार्ड आर्नल्ट भए विश्वका धनी व्यक्ति, एलन मस्क झरे दोस्रो स्थानमा, जेफ...

बर्नार्ड आर्नल्ट भए विश्वका धनी व्यक्ति, एलन मस्क झरे दोस्रो स्थानमा, जेफ बेजोस तेस्रो स्थानमा

विराटचोकः लुई भिटनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नाल्ट विश्वका धनी व्यक्ति घोषित व्यक्ति भएका छन् । यसअघिका धनी टेस्लाका संस्थापक एलन मस्क दोस्रो स्थानमा झरेका छन् । फ्रान्सेली अर्बपति आर्नल्ट र उनको परिवारको कुल सम्पत्ति २०७ दशमलव ६ अर्ब अमेरिकी डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा पहिलो स्थानमा आएको फोर्ब्स पत्रिकाले उल्लेख गरेको छ ।

एलन मस्कको सम्पत्ति भने २०४ दशमलव ७ अर्ब अमेरिकी डलर रहेको छ । यी दुई अर्बपतिबीच सन् २०२२ देखि नै पहिलो स्थानका लागि प्रतिस्पर्धा जस्तै चल्दै आएको पत्रिकाले उल्लेख गरेको छ ।

अर्नाल्ट र उनको परिवारको कुल सम्पति शुक्रबार २३ दशमलव ६ अर्ब डलरले बढेर २०७ दशमलव ८ अर्ब डलर पुगेको थियो । टेस्लाको शेयर बिहीबार एकैदिन करिब १३ प्रतिशतले घटेपछि मस्कले १८ अर्ब डलरभन्दा बढी नेटवर्थ गुमाएका थिए ।

मस्कभन्दा अघिका धनाढ्य जेफ बेजोस तेस्रो स्थानमा रहेका छन् । अमेजनका संस्थापक बेजोसको सम्पत्ति १८१ दशमलव ३ अर्ब डलर रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments