काठमाडौंः सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधिको व्यवस्था गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणका लागि चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे स्पष्ट गरिएको हो ।
भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य हुनुपर्ने बताइएको छ ।
भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र अनिवार्य देखाउनुपर्नेछ ।
त्यसैगरी भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविटरक्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।
संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने भएको छ ।
सरकारले माघ १० गतेदेखि यो नियम लागू गरेको हो ।