Wednesday, August 12, 2026
Homeशिक्षा र स्वास्थ्य१० शैय्या नगर अस्पताल सञ्चालन गर्न मन्त्रालयमा मेयर लावतीको दौडधुप

१० शैय्या नगर अस्पताल सञ्चालन गर्न मन्त्रालयमा मेयर लावतीको दौडधुप

लेटाङः लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती नवनिर्मित १० शैय्याको नगर अस्पताल सञ्चालनका लागि आवश्यक औजार, उपकरण तथा वित्तीय अनुदानको माग गर्दै स्वास्थ्य मन्त्रालय पुग्नुभएको छ ।

नगरप्रमुख लावतीले स्वास्थ्य मन्त्री निशा मेहतालाई भेटेर अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक भौतिक पूर्वाधार, अनुदान तथा स्वास्थ्य उपकरण उपलब्ध गराउन माग गर्नुभएको हो ।

ती मागबारे स्वास्थ्यमन्त्री मेहता, संघीय सांसद यज्ञमणि न्यौपाने र मन्त्रीका स्वकीय सचिव मोहन सुवेदीको उपस्थितिमा छलफल भएको थियो । छलफलका क्रममा मन्त्रालयका तर्फबाट नगर अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने सकारात्मक प्रतिबद्धता प्राप्त भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

मन्त्रालयले औजार तथा उपकरणहरू ठेक्का बन्दोबस्तीको प्रक्रिया पूरा हुनासाथ पालिकालाई हस्तान्तरण गर्ने जनाएको छ । निर्माण सम्पन्न भइसकेका संरचनाका लागि नियमानुसार पाउने अनुदान रकम पनि यथाशीघ्र निकासा गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments