Thursday, August 6, 2026
Homeअपराधसिद्धार्थ सेकेण्डरीमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

सिद्धार्थ सेकेण्डरीमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध (साइबर क्राइम) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले सहजीकरण गर्नुभएको थियो ।

प्रहरी निरीक्षक गिरीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा साइबर अपराध भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया सम्बन्धी जानकारी दिनुभएको थियो ।

विद्यार्थीहरूलाई डिजिटल प्रविधिको प्रयोगमा जिम्मेवार बनाउँदै सुरक्षित प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत साढे ४ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments