Thursday, August 6, 2026
Homeअर्थसवारीसडक दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत विराटचोकमा १६० चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण

सडक दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत विराटचोकमा १६० चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण

विराटचोकः ट्राफिक प्रहरी पोस्ट विराटचोकले सवारी दुर्घटना न्यूनीकरण तथा रातको समयमा चालकको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले १६० जना चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण गरेको छ ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी, ट्राफिक प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगर, सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकाल तथा सिटी सफारी चालक परिवारका अध्यक्ष लीलामणि बाराकोटी लगायतको उपस्थिति थियो ।

कार्यक्रमका वक्ताहरूले रिफ्लेक्टिभ ज्याकेटले रातको समयमा चालकलाई टाढैबाट देखिन मद्दत गर्ने भएकाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सबै चालकलाई ट्राफिक नियमको पालना, सवारी साधनको नियमित जाँच तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले “ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ’’ भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments