Thursday, August 6, 2026
Homeसमाजइनरुवा–६ मा गरियो सीसी क्यामेरा विस्तार, दशैंअघि सबै सार्वजनिक स्थान निगरानीमा ल्याइने

इनरुवा–६ मा गरियो सीसी क्यामेरा विस्तार, दशैंअघि सबै सार्वजनिक स्थान निगरानीमा ल्याइने

इनरुवाः सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ ले वडाभित्रका मुख्य चोक तथा सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान अभियान शुरु गरेको छ । बढ्दो चोरीका घटना, आपराधिक गतिविधि र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा निगरानी प्रणाली विस्तार गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सुमन थापाका अनुसार वडावासीको धनजनको सुरक्षा सुनिश्चित गर्दै शान्तिसुरक्षा मजबुत बनाउन प्राथमिकताका साथ विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । हाल मुख्य चोक र सार्वजनिक स्थलमा क्यामेरा सञ्चालनमा आइसकेका छन् । दशैंअघि वडाभित्र आवश्यक ठानिएका सबै स्थानमा क्यामेरा जडान गरिसक्ने लक्ष्य राखिएको वडाध्यक्ष थापा बताउनुुहुन्छ ।

वडाको यस पहलले समुदायमा सुरक्षा अनुभूति बढ्ने विश्वास स्थानीयको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments