विराटचोकः साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँ घटेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





