विराटचोकः नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । अरुण भ्यालीको शतप्रतिशत हकप्रद र रिलायबलको १६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।
अरुण भ्यालीको आइतबारको अन्तिम कारोबार मूल्य २८० रुपैयाँ २० पैसालाई आधार मानेर शतप्रतिशत हकप्रदमा भाउ समायोजन गर्दा १९० रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, रिलायबल नेपालको आइतबारको अन्तिम कारोबार मूल्य ५७७ रुपैयाँ ५० पैसालाई आधार मानेर १६ प्रतिशत बोनसमा शेयर भाउ समायोजन भएपछि यसको मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
सोमबार यही समायोजित मूल्यलाई आधार मानेर यी २ कम्पनीको शेयर किनबेच हुनेछ ।