इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबारदेखि शुरु भएको छ ।
एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जनाए ।
गत वर्षदेखि शुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यस वर्ष पनि निरन्तरता दिने कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए । इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ ।
हिसान स्पोर्टस मिटमा सुनसरीका ६ सय विद्यार्थीले भाग लिने आयोजकले जनाएको छ ।