Wednesday, December 25, 2024
Homeफिचर२० वर्षमै शिक्षक सेवा आयोग पास गरेपछि चर्चामा पाँचथरकी लेकीडोमा तामाङ र...

२० वर्षमै शिक्षक सेवा आयोग पास गरेपछि चर्चामा पाँचथरकी लेकीडोमा तामाङ र संखुवासभाका रबिन राई

विराटचोकः कोशी प्रदेशले लिएको शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निम्नमाध्यमिक तहको शिक्षकमा नाम निकालेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ की २० वर्षीया लेकीडोमा तामाङ र संखुवासभाको सिलिचोङ गाउँपालिकाका रविन राई यतिखेर चर्चामा छन् ।

तामाङले कोशी प्रदेशबाट गणित विषयमा र राईले विज्ञान विषयमा नाम निकालेका हुन् । १४ वर्षमा एसईई दिएकी उनी २० वर्षमा शिक्षक बनेकी हुन् ।

गाउँकै सिद्धकालिका माविमा १ देखि १० सम्म पढेकी तामाङले ११ र १२ कक्षा पाँचथरको सदरमुकाम फिदिममा रहेको कञ्चनजंघा माध्यमिक विद्यालयबाट गणित विषय लिएर पास गरिन् । उनी सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् ।

संखुवासभाको सिलिचोङ गाउँपालिकाको माङ्तेवाका २० वर्षीय रविन राईले निम्नमाध्यमिक तहको विज्ञान विषयमा नाम निकालेका हुन् । कान्छा शिक्षक भनेर उनीहरुलाई बधाई आइरहेको छ । लेकीडोमाको भन्दा केही महिनाले मात्र रविनको उमेर बढी छ ।

रविनले संखुवासभाको खाँदबारीस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका हुन् । उनले २०७८ मा १२ पास गरे । त्यसपछि उनी बीएडमा विज्ञान विषय पढ्न सुकुना बहुमुखी क्याम्पस मोरङ आए । २०७९ मा शिक्षक लाइसेन्स खुलेपछि त्यसमा पास हुँदै उनीहरु दुवै जनाले २०८० मा शिक्षक पदको लागि खुलेको विज्ञापनको लागि परीक्षा दिएका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments