Tuesday, December 24, 2024
Homeफिचरजाँतेमा बसपार्क निर्माण शुरु

जाँतेमा बसपार्क निर्माण शुरु

लेटाङः मोरङको लेटाङ– ८ स्थित जाँते बजारमा बसपार्क निर्माण शुरु भएको छ । बसपार्क निर्माणका लागि लेटाङ नगरपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपभोक्ताहरूबाट ७३ हजार रुपैयाँबराबरको जनसहभागिता रहने बताइएको छ ।

पहिलो चरणमा बसपार्कको बाहिरी सिमाना निर्धारणका लागि ४ फुट अग्लो पर्खाल लगाउने काम शुरु गरिएको छ । चैत मसान्तसम्म निर्माण गरिसकिने उपभोक्ता समितिका अध्यक्ष सुधीरकुमार बोहोराले बताए ।

बसपार्क निर्माणका लागि स्थानीय बलबहादुर लिम्बूबाट २ कठ्ठा, जयप्रसाद महतबाट २ कठ्ठा, पदमप्रसाद लावतीबाट २ कठ्ठा र उपभोक्ता समिति अध्यक्ष सुधीर कुमार बोहोराबाट १० धुर जग्गा प्राप्त भएको छ । घेरावारा सकिएलगत्तै बसपार्कसम्म जाने दुइतर्फी बाटो निर्माण गरिने बताइएको छ ।

वसपार्क निर्माण भएपछि धनकुटा लगायत लेटाङकै पहाडी क्षेत्रबाट आउने सवारी साधन तथा जाँतेबाट विराटनगर, धरान, काठामाडौं, काँकरभिट्टा लागयतका शहरसम्म जाने सवारी साधन एकै ठाउँमा व्यवस्थापन गरिने अध्यक्ष बोहोराले बताए ।

लामो समयसम्म बसपार्क नहुँदा समस्या हुँदै आएकोमा जाँते बजारको डाँडागाउँमा स्थानीय दाताहरूले बसपार्क निर्माणका लागि जग्गा दिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments