Tuesday, December 24, 2024
Homeफिचरगठबन्धनले राष्ट्रिय सभामा साना दललाई फाइदा

गठबन्धनले राष्ट्रिय सभामा साना दललाई फाइदा

विराटचोकः देश संघीय संरचनामा गएपछि राष्ट्रियसभाको चार पटक चुनाव भएको छ र सबै चुनावमा गठबन्धनका कारण साना दललाई फाइदा भएको छ ।

पहिलो पटक ५६ सिटका लागि भएको चुनावमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर ३९ सिट जिते । एकल संक्रमणीय मतका आधारमा कांग्रेसले १३ सिट जित्यो भने तत्कालीन संघीय समाजवादी र राजपाले २–२ सिट जितेका थिए ।

१८ सिटका लागि भएको दोस्रो चुनावमा पनि एमाले र माओवादीले तालमेल गरे । दुई दलले १६ सिट जित्दा उनीहरूको समर्थन पाएको राजपाले २ सिट पायो । तर कांग्रेस र संघीय समाजवादीले भने एक सिट पनि जित्न सकेनन् ।

यो परिणामसँगै राष्ट्रिय सभामा एमाले–माओवादी गठबन्धनको सांसद संख्या ४९ सिट पुग्यो भने कांग्रेस ६ र तत्कालीन राष्ट्रिय जनता पार्टी दुई सीटमा खुम्चिन पुगेको थियो ।

तेस्रो चुनावमा गठबन्धन गर्ने दलहरू फेरिए । १९ सिटका लागि भएको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले साझा उम्मेद्वार उठाए । त्यसबेला एमालेलाई क्लीन स्वीप गर्ने गठबन्धनको दाबी थियो, फ्लोर क्रस भएका कारण कोशीमा एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भए ।

चौथो पटक माघ ११ मा १९ सिटका लागि भएको निर्वाचनमा दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए कोशी बाहेक सबै प्रदेशमा कांग्रेस निर्वाचित हुने सम्भावना थियो । कोशी प्रदेशमा भने एमालेका उम्मेद्वारले जित्ने सम्भावना थियो । तर सत्तारुढ दलहरूले गठबन्धन गरे, जसको लाभ माओवादी, एकीकृत समाजवादी र जसपालाई भयो ।

सातै प्रदेशमा न्यून मतभार रहेको एकीकृत समाजवादीका दुई उम्मेद्वार निर्वाचित भए ।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुने १९ जना

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments