इटहरीः भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीको चौथो जिल्ला अधिवेशन शनिबार इटहरीमा सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले तीन बर्षे कार्यकालको लागि वराहक्षेत्रका फणिन्द्र भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपाल भट्टराई इटहरी, महिला उपाध्यक्षमा सीता भट्टराई इटहरी, सचिवमा खेमनाथ भट्टराई इटहरी, सहसचिवमा चिरञ्जीवी भट्टराई इटहरी र कोषाध्यक्षमा खिना भट्टराई इटहरी सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा अर्जुन कुमार भट्टराई, प्रविन भट्टराई, पदम भट्टराई, देवनारायण भट्टराई, विदुर भट्टराई, इन्दिरा भट्टराई, लक्ष्मीप्रसाद भट्टराई, देवी भट्टराई, सुजन भट्टराई, मीना भट्टराई, विमला भट्टराई, मेनुका भट्टराई, जनक भट्टराई, रेनुका भट्टराई, गोपालप्रसाद भट्टराई र अमृत भट्टराई रहेका छन् ।
अधिवेशनमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।