Saturday, September 5, 2026
Homeसमाचारदार्चुलाको भट्टारमा पहिरो गएपछि १० परिवारलाई सारियो सुरक्षित स्थानमा

दार्चुलाको भट्टारमा पहिरो गएपछि १० परिवारलाई सारियो सुरक्षित स्थानमा

कैलालीः दार्चुलाको अपिहिमाल गाउँपालिका भट्टार क्षेत्रमा पहिरोले चौलानी नदी थुनेपछि बस्ती उच्च जोखिममा परेपछि १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा नजान र सतर्क रहन सार्वजनिक सूचना जारी गरेको हो ।

पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ । पहिरोपछि नदी केहीबेर थुनिएको र अहिले खुलेको बताइएको छ ।

१० परिवारलाई आफन्तको घरमा सारिएको छ । आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको । पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ । पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत अध्यक्ष बोहराले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments