Friday, September 4, 2026
Homeसमाचारराष्ट्रिय माध्यमिक विद्यालयमा गाँठो प्रतियोगिता

राष्ट्रिय माध्यमिक विद्यालयमा गाँठो प्रतियोगिता

इटहरीः राष्ट्रिय माध्यमिक विद्यालय तथा स्काउट ट्रुपको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित गाँठो प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिता विद्यालयका प्रधानाध्यापक तथा ट्रुप कमिटी अध्यक्ष शरणकुमार बस्नेतको सभापतित्व र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा आमा समूहकी अध्यक्ष जुनु गेलाल, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, यमुना बस्नेत, इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्रप्रसाद दाहाल, रोभर लिडर डिल्लीकुमार शर्मा लगायत विभिन्न स्काउटर तथा शिक्षकहरूको उपस्थिति थियो ।

स्काउटर वन्दना दाहाल बस्नेतको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा स्काउटरहरू गोविन्द गडेरी, धीरेन शाह र अजय मण्डलले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
निर्णायकहरूको मूल्याङ्कनका आधारमा जनसहयोग स्काउट ट्रुप प्रथम, कबिर स्काउट ट्रुप द्वितीय, सनराइज स्काउट ट्रुप तृतीय तथा कोसी सेन्ट जेम्स स्काउट ट्रुपले सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रममा स्काउटरहरू प्रशान्त दाहाल, दिलीप चौधरी, रविन थापा, शारदा दाहाल, नारायण खवास, अच्युत निरौला, ग्रीन क्लब संयोजक लक्ष्मण घिमिरे तथा शिक्षकहरू सम्पत चौधरी र कल्याण दाहाललगायतको सहभागिता थियो ।

प्रतियोगितामा इटहरी युथ ओपन क्र्युका रोभर तथा रेन्जरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments