Saturday, September 5, 2026
Homeसमाचारबाढीमा बेपत्ता मोरङका मामाभाञ्जाको कुशको शव बनाएर गरियो सद्गत

बाढीमा बेपत्ता मोरङका मामाभाञ्जाको कुशको शव बनाएर गरियो सद्गत

बेलबारीः भदौ १० गतेको बाढीमा परेर बेपत्ता भएको मोरङको बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमला र उनका मामा सोमनाथ कट्टेल हालसम्म परिवारको सम्पर्कमा नआएपछि दुवै परिवारले कुशको शव बनाएर अन्त्येष्टी गरेका छन् ।

मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए । सोमनाथ मानसरोवर यात्रा गराउने ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै जना बेपत्ता छन् । उनीहरु बेपत्ता भएको दशौं दिन आज शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ ।

मामा–भाञ्जा सवार गाडीबाट कोही पनि निस्कन नपाएको र गाडीसमेत फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । बेलबारी–११ लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्तिम संस्कार गरिएको छ ।

अनोजका मामा सोमनाथको पनि तीन दिनअघि विराटनगरमा कुशकै शव बनाएर अन्त्येष्टि गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments