Tuesday, December 24, 2024
Homeफिचरसातौँ दिन पनि शेयर बजार राताम्य

सातौँ दिन पनि शेयर बजार राताम्य

विराटचोकः लगातार ७ कारोबार दिन शेयर बजार राताम्य भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ३.९४ अंकले घटेर २ हजार ८४.०९ विन्दुमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर ९१ हजार ३६४ पटक किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ ।  बैंकिङ, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार समूह बढेको दिन सबैभन्दा बढी व्यापार समूह ० दशमलव ५२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी होटल समूह १ दशमलव ०३ प्रतिशतले घटेको छ ।

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी २८ करोड ६७ लाख २६ हजार ५२९ रुपैयाँको शेयर कारोबार भएको छ । ङादी पावर कम्पनी, अरुण काबेली र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार घटे पनि सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मिड सोलु हाईड्रोपावर, इन्फिनीटी लघुवित्त, नेपाल हाईड्रो डेभलपर्स उच्च मूल्य बढ्ने अन्य कम्पनी रहेका छन् ।

सिटिजन म्युअल फण्ड २ को मूल्य सबैभन्दा धेरै ५ दशमलव ०३ प्रतिशतले घट्दा धौलागिरी लघुवित्त, महुली लघुवित्त, तेह्रथुम पावर, सेञ्चुरी डिबेन्चर उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ७३ अर्ब ३७ करोड ६ लाख ९० हजार २१६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments