लेटाङः नक्कली बिरामीको नाममा सहयोग रकम उठाउँदै हिँड्ने २ युवती लेटाङमा पक्राउ परेका छन । शनिबार लेटाङ बजारबाट अन्दाजी २० वर्षीया २ युवतीलाई इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको हो ।
नाम नबताउने शर्तमा मोरङको पथरी घर बताउने मगर थरका व्यक्तिले ती युवतीलाई आफ्नी आमाको गम्भीर रोग रहेको र उपचारमा बढी खर्च लाग्ने भन्दै सहयोग रकम उठाउन पठाएको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आगामी दिनमा यस्तो काममा नलाग्ने शर्तमा आफन्तको जिम्मा लगाइएको र सहयोग रकम उठाउन पठाउने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख भीमलाल ओलीले बताए ।