Monday, June 22, 2026
Homeखेलकुदनेदरल्याण्ड्सले स्वीडेनलाई हराउँदा बनेको दुर्लभ रेकर्ड

नेदरल्याण्ड्सले स्वीडेनलाई हराउँदा बनेको दुर्लभ रेकर्ड

विराटचोकः नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान लगभग निश्चित गरेसँगै सो खेलले विश्वकप इतिहासमा धेरै दुर्लभ कीर्तिमानहरू बनाएको छ ।

खेलको सबैभन्दा रोचक पक्ष के रह्यो भने, खेलमा भएका सबै ६ गोल इंग्लिस प्रिमियर लिगमा खेल्ने खेलाडीहरूले गरे । नेदरल्याण्ड्सका लागि सन्डरल्याण्डका ब्रायन ब्रोबे र लिभरपुलका कोडी गाक्पोले दुई–दुई गोल गरे भने वेस्ट ह्यामका क्राइसेन्सियो समरभिलले पाँचौं गोल थपे । स्वीडेनका तर्फबाट गरिएको एक मात्र सान्त्वना गोल न्युक्यासलका एन्थोनी एलाङ्गाको नाममा रह्यो ।

खेलको ५४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेसँगै यस विश्वकप २०२६ मा गोलको संख्या १०० पुगेको छ । मात्र ३३ खेलमा १०० गोल पूरा भएको यो सन् १९५८ पछिकै सबैभन्दा छिटो रेकर्ड हो ।

प्रतियोगितामा दोस्रो पटक सुरुवाती–११ मा नेदरल्याण्ड्सको आफ्नै घरेलु लिगको एक जना पनि खेलाडी परेका थिएनन् । यो आफैमा एउटा अनौठो तथ्याङ्क हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments