विराटचोकः फिफा विश्वकप २०२६ मा इक्वेडरले कुरासाओसँग बराबरी खेलेको छ । गोलरहित बराबरी खेलेपछि इक्वेडर दबाबमा देखिएको छ ।
उसको एक अंक मात्रै हुँदा समान खेल खेलेका आइभोरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ । दुवै खेल जितेको जर्मनी शीर्ष स्थानमा छ ।
अब इक्वेडरले जर्मनीसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । कुरासाओले आइभोरी कोस्टसँग खेल्नेछ ।




