Tuesday, December 24, 2024
Homeफिचरसाजीलालमा अध्ययनरत बौद्धिक अपाङ्गता भएकालाई स्पेनमा रहने पबिना खरेलमार्फत् न्यानो कपडा वितरण

साजीलालमा अध्ययनरत बौद्धिक अपाङ्गता भएकालाई स्पेनमा रहने पबिना खरेलमार्फत् न्यानो कपडा वितरण

गछियाः स्पेनमा बसोबास गर्ने पबिना खरेलद्वारा प्रदान गरिएको रकममार्फत् साजीलाल मावि सुन्दरहरैंचाको गछिया ब्लकमा अध्ययनरत २१ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई एकएक सेट न्यानो कपडा वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले बौद्धिक अपाङ्गता भएकाहरुलाई अध्यापन गराउन यस्ता कक्षालाई स्रोत केन्द्रको रुपमा सञ्चालन गर्न स्थानीय सरकार तयार हुनुपर्ने औँल्याए । स्थानीय सरकारले स्रोत केन्द्रको रुपमा सञ्चालन गरेमा विद्यालयहरुले दाताहरुको मुख ताकिरहनु नपर्ने बताए ।

सुन्दरहरैंचा नगरपालिकाको सामाजिक शाखाका अनिल पोखरेलले यस्ता कार्यक्रमलाई प्रचारात्मक रुपमा अघि बढाउनुपर्ने बताए । बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित यस्ता कक्षामा आर्थिक स्रोतको अभाव हुने हुनाले सहयोगी मनहरुसमक्ष सन्देश पुर्याउन दाताले गरेको सहयोगको प्रचार गरेमा अन्य दाता पनि सहयोग गर्न इच्छुक हुने सम्भावना बढ्ने उनको भनाइ थियो ।

घरबाट बाहिर निस्कन नसकेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि के गर्न सकिन्छ भनेर छलफल गरेपछि ११ जना व्यक्तिबाट कक्षा सञ्चालन गरिएको पुनस्र्थापना मञ्चकी भीमा खतिवडाले बताइन् । ११ जना व्यक्तिलाई यसरी विद्यालयमा ल्याउँदा ११ जना अभिभावकलाई दिउँसो व्यक्तिगत काम गर्न सजिलो हुने उनको भनाइ थियो ।

बैद्धिक अपाङ्गता भएका व्यक्तिलाई जीवनयापनमा सहजीकरण गर्न सके उनीहरुले प्रगति पनि गर्न सक्ने सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखा प्रमुख लीलादेवी ओझाले बताइन् ।

साजीलाल माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ओझाले बौद्धिक कक्षा सञ्चालनको शुरुको अवस्था हेर्दा अप्ठ्यारो अवस्था देखेको र सम्हाल्न नसक्ने अवस्था देखेको भए पनि पछि व्यवस्थापन सहज हुँदै जाँदा खुशी लागेको बताए ।

बौद्धिक अपाङ्गता अभिभावक संघले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो । संघकी मोरङ अध्यक्ष उर्मिला सुवेदीका अनुसार दाता खरेल आगामी अगस्ट महिनामा नेपाल आएर थप सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

पुनस्र्थापना मञ्च नेपालको पहलमा साजीलालमा २०७२ सालदेखि बौद्धिक अपाङ्गता केन्द्र सञ्चालनमा रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments