काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ ।
निवर्तमान प्रदेश सभापति तथा नुवाकोट २ बाट प्रतिनिधि सभामा निर्वाचित अच्युतम लामिछानेलाई अर्यालले दुई मतले पराजित गर्नुभएको हो । अर्यालले ४१६ मत ल्याउँदा लामिछानेले ४१४ मत ल्याउनुभएको थियो ।
नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको थियो । हेटौंडा निवासी अर्याल बागमती प्रदेश समितिका प्रवक्ता हुनुहुन्थ्यो ।
रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनामात्रै प्रतिस्पर्धी मैदानमा खडा हुनुभएको थियो ।
यसअघि सम्पन्न कोशी प्रदेश अधिवेशन तथा गण्डकी प्रदेश अधिवेशनमा पनि निवर्तमान प्रदेश सभापति पराजित हुनुभएको थियो ।
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई विजयी, निवर्तमान प्रदेश सभापति गोमा तामाङ पराजित




