पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी अन्य तीन उम्मेद्वारलाई पछि पार्दै निर्वाचित हुनुभएको छ ।
शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि ४ जनाले उम्मेद्वारी दिएका थिए । त्रिपाठीले २३४ मत पाएका थिए । निवर्तमान सभापति प्रतिनिधि सभा सांसद राजन गौतमले १८२ मत पाएका थिए । सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले २ मत पाएका थिए ।
७८० अधिवेशन प्रतिनिधिमध्ये ४३७ जनाले मतदान गरेका थिए ।




