विराटचोकः हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका चन्द्रबहादुर राई सभापति पदमा निर्वाचित हुनुभएको छ ।
सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन)ले १४१ मत ल्याउनुभएको थियो ।
अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।
सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।




