Sunday, June 14, 2026
Homeखेलकुदविश्वकप २०२६ को पाँचौँ खेलमा ९० मिनेटपछिको अतिरिक्त समयको गोलले स्वीट्जरल्याण्डसँग बराबरी...

विश्वकप २०२६ को पाँचौँ खेलमा ९० मिनेटपछिको अतिरिक्त समयको गोलले स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो कतारले

विराटचोकः सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप फुटबल खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । तर ४ वर्षपछि भएको विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबारी खेल्दै १ अंक पाएको छ ।

मध्यान्तरपछिको अतिरिक्त समयमा कतरका लागि बोउलेम खोउखीले गोल गरी फिफा विश्वकप २०२६ मा स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा स्वीट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राखेको थियो ।

स्वीट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।

कतार दोस्रो पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्डले भने १३ औं विश्वकप खेलेको छ । सन् २०२२ मा कतार समूह चरणबाट बाहिरिएको थियो भने स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुगेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments