Monday, May 11, 2026
Homeशिक्षा र स्वास्थ्यएसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

विराटचोकः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा केही समयपछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ ।

यसरी हेर्नुहोस् नतिजा

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट 

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments