Monday, May 11, 2026
Homeशिक्षा र स्वास्थ्यनेपाल परिवार नियोजन सङ्घको सुनसरी शाखा ठहरियो नेपालकै उत्कृष्ट शाखा

नेपाल परिवार नियोजन सङ्घको सुनसरी शाखा ठहरियो नेपालकै उत्कृष्ट शाखा

धरानः सबैभन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको आधारमा नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखा नेपालकै उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ ।

काठमाडौंमा भएको संघको ४३ औँ केन्द्रीय सभामा सुनसरी शाखालाई नेपालभरिका शाखामध्ये उत्कृष्ट शाखाका रूपमा प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्रबहादुर श्रेष्ठले शाखा सभापति निर्मला अधिकारीलाई प्रशंसा पत्र सम्मान गरेका थिए ।

परिवार स्वास्थ्य केन्द्रमार्फत् स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको तथा कोभिड–१९ को कठिन समयमा समेत निरन्तर सेवा प्रवाह गरेकोमा शाखा कार्यालयका स्वास्थ्यकर्मी कर्मचारीहरूको उच्च प्रशंसा गरिएको प्रशंसा–पत्रमा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments