Monday, May 11, 2026
Homeसमाचारसगरमाथा आरोहीको लेक लागेर मृत्यु

सगरमाथा आरोहीको लेक लागेर मृत्यु

सोलुखुम्बुः सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे हिजो बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको थियो ।

पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत तथा यसपटक ट्रेक नेपाल कम्पनीमार्फत् आरोहणमा सहभागी घिमिरेले यसअघि सगरमाथाको चुचुरो चुमिससेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments