विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ प्रति तोला ५ हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




