विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ५ हजार १५५ रुपैयाँ निर्धारण भएको छ ।




