काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।
श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत प्राप्त गरेका छन् । मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उम्मेद्वारमध्येबाट १३ जना विजयी भएका छन् ।
अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।
सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने ४ जनाको भने मत बराबरी (५०–५० मत )भएका कारण गोलाप्रथाद्वारा २ जना छनोट हुने बताइएको छ ।
वस्तुगत समूहतर्फ महिला सदस्य सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् ।




