विराटनगरः कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले मोरङको विराटनगरका १४ वटा विद्यालयलाई स्पष्टीकरण सोधेको छ । विराटनगरस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले ती विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा सोमबार ७ विद्यालय र मंगलबार ७ विद्यालयले अमर्यादित गरेको पाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्पष्टीकरण सोधिएका विद्यालयहरूमा जनपथ मावि, सिटी मावि, ग्रीनल्याण्ड मावि, राधाकृष्ण भूपालमान सिंह मावि, अर्किड मावि, मेरील्याण्ड मावि, आदर्श बालिका मावि, बालकल्याण विद्यामन्दिर, गोग्राहा मावि, नगरग्राम मावि, बाल मावि, सगरमाथा मावि र आदर्श मावि रहेका छन् ।
आदर्श मावि विराटनगरलाई चाहिँ सचेत गराइएको छ भने अरू सबैलाई दुई दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।




