काठमाडौंः आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले बैठकका एजेन्डाबारे भने केही जानकारी दिएको छैन । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने अनुमान गरिएको छ ।




