विराटचोकः आज शेयर बजारमा हरियाली देखिएको छ । यद्यपि कारोबार रकम भने बढ्न सकेको छैन । दिउँसो २ बजेसम्ममा बजार १५ अंक हाराहारी बढ्दा २ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
सोलु हाइड्रोपावरको सर्वाधिक १९ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रोपावर नै छ । सो कम्पनीको ७ प्रतिशत शेयरमूल्य बढेको छ । ग्रीन डेभलपमेण्ट बैंकको पनि ५ प्रतिशत हाराहारी मूल्य बढेको छ ।
फरवार्ड माइक्रोफाइनान्सको सर्वाधिक साढे १० प्रतिशत शेयरमूल्य झरेको छ ।




