काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
सरकारबाट सिफारिश भएका ८ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।
हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै जारी गर्न पुनः सिफारिश गरेपछि राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् ।




