Tuesday, May 5, 2026
Homeअर्थशेयरउतारचढावका बीच एक घण्टामा १ अर्ब १ करोडको शेयर किनबेच

उतारचढावका बीच एक घण्टामा १ अर्ब १ करोडको शेयर किनबेच

विराटचोकः बजार खुलेदेखि नै ४० मिनेटभन्दा बढी राताम्य रहेको शेयर बजार अहिले सुधार भएको छ । बजार सुधार हुने क्रममा हिजोको भन्दा १० अंकसम्म बढेको भए पनि अहिले भने साढे ३ अंक आसापास मात्रै बढेको छ ।

१ घण्टमा १ अर्ब १ करोड ८० लाख ६० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको ७ करोड ७४ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, पाल्पा सिमेण्ट, सिईडीबी होल्डिङ लिमिटेड उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

ग्लोबल आईएमई समुन्नत योजना २, कुमारी धनवृद्धि योजनाको उच्च मूल्य बढेको बजारमा फरवार्ड माइक्रोफाइनान्स, कर्पाेरेट डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार अहिले २७०७ बिन्दुको आसपासमा रहेर कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments