विराटचोकः आज शेयर बजारमा उतारचढाव देखिएको छ । बजार छिनमै घट्ने र पुनः बढ्ने गरिरहेको छ । दिउँसो १ बजेसम्मको २ घण्टाको कारोबारमा बजार १२ अंक हाराहारी बढेको छ ।
बढेको बजारमा २ घण्टामा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार २७१५ बिन्दु आसपास रहेर शेयर किनबेच भइरहेको छ ।




