Tuesday, May 5, 2026
Homeपर्यटनअप्रिलमा भित्रिए १ लाख ७ हजार बढी पर्यटक

अप्रिलमा भित्रिए १ लाख ७ हजार बढी पर्यटक

विराटचोकः नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा १ लाख ७ हजार ९३४ जना पर्यटक भित्रिएका छन् ।

बोर्डको तथ्याङ्कअनुसार सार्क राष्ट्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो । दक्षिण एशियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एशियाबाट एक हजार ६९७, अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।

सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । चीनका साथै अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ ।

भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ जना र बंगलादेशबाट ५ हजार २३१ जना पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments